नेकपा नेता तथा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादव ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत सर्लाहीका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बुधबार यादवलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
यादवविरुद्ध आपराधिक उपद्रव तथा कुटपिट गरी अंगभंग गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। उनी गत भदौ २३ गते ललितपुरको धापाखेलबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई सर्लाही ल्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।
अदालतको आदेशपछि धरौटी बुझाएर उनी रिहा भएका हुन्।












