राष्ट्रपति रामचन्द्र पौडेलले भारत, चीन र इजरायलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई सोमबार राजदूत नियुक्त गरेका हुन्।
नियुक्त हुनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन्।
उनीहरू तीनै जनाले आजै शपथ लिएका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहकाबीच उनीहरूले राष्ट्रपति पौडेलसमक्ष सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथग्रहण कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।












