धरान । बिहानै बाट उठेर हजारौ धरान बासि धरानको जङगल या खोलाको मुहानमा पुग्छन् । उनिहरु विना कुनै पारिश्रमीक या ज्याला विना नै दिनभर खोलामा ढुङगा गिटी बोक्छन्, उनिहरुले यो गरेबापत कुनै मुल्य त पाउदैनन् तर धरानबासिको एक चाहाना खानेपालिको समस्या समाधान गर्न उनिहरु दिन रात लागी परेका छन् । यो धरान बासि खोला र जङगलमा पुग्नुको कारण हो धरान उपमहानगरपालिकाका मेयर हर्क पाम्पाङ उनि पनि धरान बासि संगै विहानै उठेर धरानमा पानिको मुहान खोज्न पुग्ने क्रममा आज उनि धरानको सर्दु खोलामा पुगेका छन् । धरान बासिको समस्यालाई लिएर साम्पाङ हरेक सनिबार दिनभर खोलामा पुग्छन् र दिनभर श्रमदान गर्छन । जसको सफलताले गर्दा धरानमा खानेपानिको समस्या समाधान हुन्छ भन्ने विश्वासमा छन् धरान बासि । 

hh

धरानमा रहेका खोलाहरुबाट धरान पानि ल्याउने क्रममा सर्दु खोलाबाट झण्डै १७ सय मिटर माथि रहेको पकुवा खोलाको मुहानबाट पाइप मार्फत पानी अहिले सर्दु खोला झार्ने ‘पकुवा प्रोजेक्ट’ सफल भएको छ । यसरी पकुवा खोलाको पानि संकलन स्थान सम्म आएपछि मेयर साम्पाङ धराने जनताका साध सर्दु खोलामा जुटेका छन् । सर्दु खोलाको पानि धरान सम्म आएमा करिव ५० प्रतिशत धराने जनतालाई पानिको समस्या समाधान हुने छ । जसबाट २४ घण्टामा २८ लाख लिटर पानि जम्मा हुने आकलन गरिएको छ । जसका लागी धरानका मेयरको यो कार्यको सबैले खुलेर प्रशङसा गर्ने गरेका छन् । 

hhhh

धरानको खानेपानिका लागी देश तथा विदेशबाट श्रम देखि आर्थिक सहयोग पनि हुदै आएको छ । जसले गर्दा पनि धरानमा अको केहि वर्षमा खानेपानिको समस्या समाधान हुने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बताएका छन् । धरानमा पानि पुग्र्ने सम्भावित खोलाहरको निरिक्षणको कामहरु पनि भइरहको उनले बताएका छन् । 

धराले वर्षै बाट भोग्दै आएको पानिको समस्या मेयर हर्क साम्पाङ र धरानका जनताको सहभागीतामा खानेपालिका २० प्रतिसत काम सम्पन्न भइ सकेको छ । धरानमा रहेको ३ ठुला खोला पकुवा , सर्दु , खर्दु खोलाबाट ट्याङकीमा पानि जम्मा भएर राखिने छ । जसले गर्दा धरानमा रहेको पानिको समस्या समाधान हुनेमा धरान बासी विश्वस्त छन् ।