डम्बर बहादुर विश्वकर्मा जाँते१३श्रावण- उत्तरी मोरङ्गको लेटाङ्ग नौ जाँतेमा खेतमा सिंचाइ गर्न पानी ल्याउने गरेको कुलोले बगाउँदा एक बालकको मृत्यु भएको छ । उक्त बालकलाई यहि श्रावण १२ गते विहिबार दिउँसो अन्दाजी २ बजे कुलोले घर देखि करिव पाँच सय मिटर जति बगाएको थियो । कुलोले बगाई घाईते बालकको उपचारको क्रममा विराटनगर स्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको जनाईएको छ ।
आफ्नै घर छेउमा रहेको सिंचाई कुलोले बगाएर मृत्यु हुनेमा स्थानिय लेखराज राईका दुई बर्षका छोरा हिटलर राई रहेकाछन् । हिटलर परिवारका एक मात्र सन्तान रहेका थिए ।
मृतक बालकको उर्लाबारी स्थित मंगलबारे अस्पतालमा पोस्टमार्टम पछि घर ल्याई आजै किराँत परम्परा अनुसार स्थानिय साकेला थान नजिकै दाहासंस्कार समेत गरिएको परिवारिक सुत्रले जनाएको छ ।
"आफु सँग खेल्दै गरेको छोरालाई खाटमा राखेर आफु सौचालय पसेको थिएँ । सौचालयबाट निक्लेर हेर्दा खाटमा छोरा नदेखे पछि यताउता खोज्दा पनि छोरा भेटिएन । त्यस पछि अत्तालिँदै छिमेकी देवर नाता पर्ने डिल्ली राई सँग साहारा मागेँ । देवर डिल्लीले पक्कै पनि कुलोले नै बगाएको हुन सक्छ भनी संका गरे पछि खोज्दै जाँदा घर देखि करिव ५ सय मिटर तल होम पाइपको मुखमा घुमाउँदै गरेको अवस्थामा छोरो भेटियो " रुदै कराउँदै अर्धचेत अवस्थामा आमा लिला राईले बताईन । घाईते अवस्थामा फेलापरेका भतिजको नोबेल अस्पताल बिराटनगरमा उपचारकै क्रममा ज्यान गएको काका डिल्लीले बताए ।
स्मरण होस् मृतक बालकका बुवा लेखराज पनि बैदेशिक रोजगारको शिलशिलामा खाडिमुलुक कतारमा रहेका थिए । छोराको मुत्युको खबर पश्चात बुवा पनि नेपाल घर आई पुगेर दाहासंस्कारमा सामेल भएको बालकका मामली बाजे डिबी राईले जनाएकाछन् ।