उर्लाबारी । नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री भिष्म आङदम्वेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चरित्र चितवनमा आतङ्क मच्चाई रहने उदण्ड जगें हात्ति सग मिल्ने टिप्पणी गरेका छन् ।

“घर-घर जाऔँ कांग्रेस जिताऔ” अभियान अन्र्तगत मंगलबार मोरङ क्षेत्र नं. १ (क) को सभालाई सम्वोधन गर्न उर्लाबारी आएका मन्त्री आङदम्वेले ओलीको उदण्ड चरित्रले देश र जनताले साढे ३ वर्ष दुख खेप्नु परेको टिप्पणी गर्दै यस्तो बताएका हुन ।

उनले भने-“नेपाली जनताले नेकपाको सरकारलाई झण्डै २ तिहाई मत दिएर देश,जनता र संविधानको रक्षा गर्नका लागि पठाएका थिए तर ओलिको उदण्ड चरित्रका कारण आफ्नै पार्टी भित्रका नेताहरुलाई मिलाउन नसक्दा बहुमतको सरकारलाई लत्यार देशमा अस्थीरता ल्याएर विखण्डको अवस्थामा पुर्‍याए यसको हिसाव खोज्ने बेला आएको छ हामीले यहि स्थानिय तहको निर्वाचनमा उनको उदण्ड चरित्रको हिसाव खोज्नु पर्छ ।”

IMG_5983


साथै उनले देशमा राष्ट्रिय शंकट आईपरेको बखतमा चट्टानी अडान लिएर देशलाई निकास दिन सक्ने पार्टी नेपाली कांग्रेस भएको बताउदै १४ औ महाधिवेसमा भएता तिक्तताहरुलाई छलफलको माध्यमबाट टुङग्याएर आसन्न् स्थानिय तहको निर्वाचमा पार्टीले उठाएको उमेद्वारलाई निर्वाचित गराउन सवै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

निर्वाचनको अघिल्लो दिन सम्म काग्रेस हुने र निर्वाचनको दिन विभिन्न् प्रलोभनमा परेर अन्य पार्टीमा मत खसाल्नेहरुलाई यस पटक कांग्रेसको अनुशासन समितिले स्पोर्टमै कार्वाही गर्ने गरी काग्रेस केन्द्रिय समितीले तयारी थालेकाले प्रलोभनमा नपर्न  मन्त्री आङदम्वेले आग्रह गरेका छन् ।

IMG_5993


कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश-१ का सहमहामन्त्री खड्ग फागो, महाधिवेसन प्रतिनिधी, प्रदेश-१ सदस्य, मोरङ जिल्ला सदस्य, प्रदेश १ (क) का प्रतिनिधीहरु, उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्वु, मिक्लाजुङ सभापति बवि राई लगाएत पार्टीका अगुवा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम मोरङ क्षेत्र नं. १ (क) का सभापति नरबहादुर मोक्तानको सभापतित्वमा सम्पन्न् भएको थियो ।