निर्वाचन आयोगले नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको छ।
आयोगको मंगलबार बसेको बैठकले कांग्रेसको विषयमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
सोही निर्णय बमोजिम आज विवरण अद्यावधिक भएको जानकारी कांग्रेस पार्टीलाई पत्रमार्फत अवगत गराइएको उनले बताए।
कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापति गगत थापासहित २३१ सदस्यीय नयाँ कार्यसमितिको विवरण गत कात्तिक १६ गते आयोगमा बुझाएको थियो।
उक्त विवरणमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली, संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेजका साथै केही महत्त्वपूर्ण निर्णयहरू समावेश गरिएको थियो।












