राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन्।

उनीहरूले बिहीबार विवाह गरेका हुन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले पारिवारिक तथा आफन्तको उपस्थितिमा विवाह गरेका हुन्।

मुकुल निशालाई लिन मुकुल विराटनगरबाट जन्ती लिएर झापा पुगेका थिए।