नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले देशभर ग्यासको आपूर्ति सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई पत्राचार गर्दै विभिन्न निर्देशन दिएको हो।

निगमले बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउन, भण्डारण क्षमता पूर्ण उपयोग गरी मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन उद्योगहरूलाई आग्रह गरेको छ।