सुनसरीको धरान उपमहानगरपालिका-११ कुबिर्ता चोकस्थित एक घरबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद रकमसहित एक जना पक्राउ परेका छन्।

मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ वर्षीय प्रकाश तामाङको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरको कोठाभित्रबाट ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद रु. ५२ हजार ४०० बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले तामाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।