भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगेका हुन्। विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे।

उनको बसाइ ताज होटलमा हुने तय भएको छ। आज साँझ प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेट प्रधानमन्त्री बसेको होटल ताजमै हुनेछ। भ्रमणको दोस्रो दिन सोमबार भने उनी प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायत उच्चस्तरीय भेटघाटमा व्यस्त हुनेछन्।