झापाको कमल गाउँपालिका–१, शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय गोपाल राई छन्।
माछा मार्न लगाएको करेन्ट आफैँलाई लाग्दा राईको शनिबार घटनास्थलमा नै मृत्यु भएको झापाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।
यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको थियो। मृतक राईको शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।












