गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारत जाने भएका छन्। गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन भारत जान लागेका हुन्।

भ्रमणका क्रममा उनले बिमस्टेक बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन्। गुरुङ गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक विदेश भ्रमणमा निस्कन लागेका हुन्।