नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन समितिले आइतबार जारी सूचना अनुसार निर्वाचनसम्बन्धी प्रक्रिया असोज १९ गतेदेखि सुरु भई २२ गते मतदान हुनेछ।  

मतदाता नामावली सम्बन्धी प्रक्रिया १९ गते बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। सोही दिन बेलुका ५ देखि ६ः३० बजेसम्म दाबी विरोध, ६ः३० देखि ७ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।  

भोली मंगलबार उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध, ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ।  

असोज २१ गते उम्मेदवारको नाम फिर्ता लिने वा सच्याउने निवेदन बिहान ९ बजेसम्म दिन सकिनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन दिनभर उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ।  

असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।