नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नयाँ राजनीतिको चरणमा नेपाली राजनीतिलाई प्रवेश गराउन १५ औँ महाधिवेशन सार्थक हुने बताएका छन्।
१५ औँ महाधिवेशनबाट नयाँ कार्ययोजनामार्फत कांग्रेस अघि बढ्ने उनले बताए। 'कांग्रेस अब राजनीतिको केन्द्रमा राष्ट्रलाई अघि राखेर अघि बढ्छ। पार्टीलाई पुनर्जीवन दिएर अघि बढ्छ। नयाँ पुस्ताको भावनाअनुसार पार्टी अघि बढ्छ,' उनले भने।
राष्ट्रिय हितको राजनीतिमा सबै दलसँग सहकार्य गरेर कांग्रेस अघि बढ्ने उनले बताए।












