जसपा नेपालका चारजना नेताहरूले सामूहिक राजीनामा दिएका छन्।
पूर्वसांसद इन्दु कुमारी शर्मा, युवा नेता तथा जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र पार्टीका युवा नेता पुष्पराज चमनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।
उनीहरूले सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिई पूर्णकालीन सदस्यको रूपमा ‘हुंकार मधेस’ मा लाग्ने बताएका छन्।
हुंकार मधेस अभियान २०८३ असोज ९ गते औपचारिक रूपमा घोषणा भएको थियो। अभियानको सय दिने मेची महाकाली हुलाकी पुनर्जागरण यात्रा प्रारम्भ हुने बताइएको छ।












