आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारीका लागि सुर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको बैठक सुरु भएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा बैठक सुरु भएको हो।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेलसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीलगायत सम्बन्धित पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको छ।

आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, व्यवस्थापन, पूर्वाधार, खेलाडी तथा प्रतियोगिता सञ्चालनसम्बन्धी विषयमा बैठकमा छलफल हुने छ।