सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति कार्यालयमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो। 

भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको सम्बन्धमा राष्ट्रपतिलाई जानकारी गराएको सभामुखको निजी सचिवालयले जनाएको छ।