अध्यक्ष ओलीद्वारा कम्युनिस्ट नेता बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। 

क्यान्सरबाट पीडित बस्नेतको बुधबार निधन भएको थियो। उनी एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

बस्नेत २०४८ को आमनिर्वाचनमा सङ्खुवासभा–२ र २०५६ मा भोजपुर–१ बाट निर्वाचित भएका थिए।