विराटनगर महानगरपालिका–६ को नेपाली कांग्रेस वडा अधिवेशनका क्रममा विवाद हुँदा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार विराटनगर–६ स्थित बलभद्र सेवा समिति केसलियाको सभाहलमा भइरहेको वडा अधिवेशनमा मुस्लिम कोटाबाट क्षेत्रीय प्रतिनिधि पदका उम्मेदवार विराटनगर–६ निवासी ४४ वर्षीय इरसाद अहमदले विपक्षी उम्मेदवारहरूसँग विवाद गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

उनलाई वडा प्रहरी कार्यालय विराटनगरमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।