बीपी राजमार्गको दुई स्थानमा रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको छ।

काभ्रेका डीएसपी रविन विष्टका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा र रोशी ७ को घुमाउनेमा बाढीले अस्थायी डाइभर्सन बगाएको हो।

यसअघिको बाढीले सडक बगाएपछि उक्त स्थानमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको थियो।

त्यस्तै, बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेको छ।