नेकपा एमालेका सचिव महेश बस्नेतले दशैँ, तिहार र छठपछि सशक्त आन्दोलन हुने बताएका छन्। एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले त्यो आन्दोलनबाट बालेन्द्र शाह नेतृत्वको सरकारको हरिविजोग हुने बताएका छन्।

‘दशैँ, तिहार र छठपछाडि मधेशदेखि लिएर देशका सबै भूभागका एमालेलगायतका अन्य सबै दल सहभागी भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ,’ नेता बस्नेतले भने, ‘र, बालेन सरकार धेरै हदसम्म हरिविजोग भएर पराजित हुन्छ।’

पाँच/छ महिनामै बालेन सरकारको मुकुण्डो जनतासामू प्रष्ट भइसकेको बताउँदै उनले जनतामा छरिएका भ्रम पनि निवारण हुन लागेको दाबी गरे।

जनताका बीचमा एमाले नै आलोचना र आशाको केन्द्रमा रहेको पनि उनले दाबी गरे।