सरकारले आसन्न चाडपर्वमा ग्यासको समस्या नहुने दाबी गरेको छ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उपभोक्तालाई चाडपर्वमा ग्यास पाइन्छ कि पाइँदैन भनेर दुविधा नराख्न अनुरोध गरेका हुन्।
‘सरकारले चाडपर्व अघिनै यस समस्याको समाधान गर्ने छ‚’ उनले भने।
मन्त्री साहले नागरिकको भान्सासँग जोडिएको यस विषयलाई पूर्ण संवेदनशीलता, प्राविधिक र अनुशासन र सार्वजनिक जवाफदेहिताको साथ सम्बोधन गर्न सरकार तयार भएको पनि उनले बताए।
‘सुधारको शुरूआत आफ्नै मन्त्रालयबाट गर्ने हाम्रो प्रतिवद्धता छ‚’ उनले भने‚ ‘मन्त्रालयलाई सुरक्षित व्यवस्थित र पारदर्शी परिणाममुखी बनाउने हाम्रो प्रयत्न रहने छ।’












