प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेनजी सांसदसँग अन्तरक्रिया शुरू गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेनजी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया शुरू गरेका हुन्। बैठकमा नवीनतम् प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवं वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।












