बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पानकोट पुलको पश्चिम किनाराको रेलिङ पाइपमुनिबाट कुकुरलाई धकेली सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने जयपृथ्वी नगरपालिका ३ पडेष गाउँ बस्ने ४२ वर्षीया बिमलादेवी रोकायालाई प्रहरीले पक्राउ गरेको हो।

रोकायालाई यही असोज १ गते साँझ पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।