करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा गरिएको छ। 

बिहीबार अर्थमन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले बिहीबार भदौ महिनाका लागि ३२ जना विजेता घोषणा गरेको हो। विभागका कटियानी पोलिक्लिनिकमा २०० रुपैयाँको सेवा लिएका कुपन नम्बर ०४८९१५६१८२११ ले १० लाख रुपैयाँ जितेको छ। 

साथै १५ भदौसम्मको कार्यक्रममा सुनिता फेन्सी स्टोरबाट सात हजार रुपैयाँको सामान खरिद गर्ने उपहार कुपन नम्बर ०३६४४७८५२३७८ ले १० लाख रुपैयाँ जितेको छ।

यस्तै, ३० जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले नगद पुरस्कार पाएका छन्। प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले १ लाख रुपैयाँ प्राप्त गरेका छन्। उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ।

रसुवा बाढीपछि १५ भदौसम्म रोकिएको कार्यक्रम सरकारले आज विजेताहरू घोषणा गरेको हो।