नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको लिनियर टेलिभिजन अधिकार (नेपालभित्र) हिमालय टेलिभिजन नेटवर्क प्रालिले पाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, हिमालय टेलिभिजनले १४ करोड ६४ लाख रूपैयाँमा यो अधिकार प्राप्त गरेको हो।

यसैगरी, एनपीएलको तेस्रो संस्करणको ओटीटी अधिकार (विश्वव्यापी रूपमा) नेटटीभी प्रालिले प्राप्त गरेको छ। नेटटीभीले यो अधिकार १८ करोड चार लाख रूपैयाँमा प्राप्त गरेको हो।

आगामी एनपीएलको टिकटिङ अधिकार भने इसेवा लिमिटेडले प्राप्त गरेको क्यानले जनाएको छ। एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।