सुनसरीको कोशी गाउँपालिकामा सोमबार बिहान चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोशी गाउँपालिका–६ लाही टोलका २८ वर्षीय पप्पु यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार बिहान परेको चट्याङ लागेर यादवको घटनास्थलमै मृत्यु भएको हो

यादवको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ।