रास्वपा सांसद इञ्जिनीयर श्रीराम न्यौपानेले चिलिमे हाइड्रो पावरको सुरुङमा ६ जना फसिरहेको जानकारी पाएको बताएका छन्।
यसअघि फिल्डमै रहेर उद्धारका हरेक गतिविधि लाइभ अपडेट गराउँदै आएका न्यौपानेले चिलिमे सुरुङमा फसेकाको उद्धारमा सहभागी हुन त्यसतर्फ जाँदै गरेको बताएका छन्।
'चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको छ। उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदैछु,' न्यौपानेले आइतबार फेसबूकमा लेखेका छन्।
भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीका कारण सुरुङमा फसेका ३ जनाको उद्धार गरिएको छ। साथै, बेत्रावतीमा पुरिएको घरबाट एक महिलाको पनि उद्धार भएको छ।












