बंगलादेश सरकारले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि राहत, पुनःस्थापना र मानवीय कार्यका लागि नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गरेको छ।

बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले आज (शुक्रबार) ढाकामा प्रधानमन्त्री तारिक रहमानले नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराएका हुन्। 

उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावितको राहत तथा पुनःस्थापनामा प्रयोग हुनेछ।