प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा प्रदेश र सङ्घ सरकारबिचको सहकार्यका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
सो अवसरमा सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीलाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो।












