छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड कुपिन्डे नगरपालिका-१ घोरेरीबाट यात्रुबाहक जीप भेरी नदीमा खसेको छ। 

बालुवा संग्रहीबाट सल्लीबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जीप दुर्घटना भएर नदीमा खसेको हो। 

चार जना सवार उक्त जीप नदीमा खस्दा दुई जना बेपत्ता भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दीपक पातलीका अनुसार दुई जना पौडी खेलेर बाँचेका छन्।

प्रारम्भिक सूचना अनुसार बेपत्ता हुनेमा चालक र जीपका मालिक रहेका छन्। 

पौडी खेलेर निस्किनेमा बनगाड कुपिण्डे नगरपालिका-१ आपखोलीका २९ वर्षीय प्रेम विक र सोही ठाउँका २१ वर्षका खुमलाल बुढाथोकी रहेका छन्। बेपत्ता दुई जनाको भने पहिचान खुल्न बाँकी छ।