प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन्।

सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्। 

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षीहरूले उठेर विरोध गर्दै आइरहेका छन्। तर, न प्रधानमन्त्री शाहले त्यसबारे प्रष्टीकरण दिएका छन् न त त्यो अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख अर्यालले सचिवालयलाई निर्देशन दिएका छन्।