रास्वपा सभापति रवि लामिछानेले अहिले सद्भाव कायम राख्न सबैले भूमिका खेल्नु पर्ने समय भएकाले चर्का कुरा नगर्न अपिल गरेका छन्।

बुधबार बिहान सर्वदलीय बैठकपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले काम गरिरहेको उल्लेख गरे।

राजनीतिक दलहरुले गम्भीरतासाथ सुनसरी घटनालाई लिएको उल्लेख गर्दै सभापति लामिछानेले भने, 'प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ गृहमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ। अहिले शान्ति सद्भाव कायम गर्ने हो। अहिले चर्का कुरा गर्ने होइन। कसले बोल्यो कसले बोलेन भन्ने होइन। समाजिक सद्भाव नभड्कियोस् भन्ने हो।’

हिजोको अवस्थाका आन्दोलन र अहिलेको आन्दोलन फरक भएको उल्लेख गर्दै उनले नागरिकको ज्यान गएको घटनामा सबै गम्भीर हुनुपर्ने बताए।

उनले सबै राजनीतिक दलहरूको तर्फबाट संयुक्त अपिल जारी गर्ने जानकारी दिए।