ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ।
हुलाकी सडक खण्डअन्तर्गत पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर–२ सेतो पुलमा पोखरेल सवार लु प्र ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई शुक्रबार सु प्र ०१–००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
तिलोत्तमा नगरपालिका–१३, भलवारी निवासी पोखरेल रुपन्देहीमा पत्रकारितामा सक्रिय थिए। उनले अग्निपरीक्षा साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए।
दुर्घटनापछि प्रहरीले ट्रक, चालक र मोटरसाइकल नियन्त्रणमा लिएको छ। ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु राना रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।












