मोरङ प्रहरीले जबरजस्ती करणीको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सुनवर्षी नगरपालिकाकी एक बालिकालाई सिटी चालक तथा रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद असमानले प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोप छ। त्यसैगरी, सुनवर्षी–९ का २१ वर्षीय सुमनकुमार साहले समेत जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
यस्तै, रंगेली नगरपालिका–७ स्थित एक युमी क्याफेमा २० वर्षीय करण मण्डलले १८ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उनका साथै १८ वर्षीय प्रियान्सु साह र १८ वर्षीय रितिक यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।




















