भोटेकोसीमा गाडीसहित खसेका चालकको उद्धारमा खटेका जनशक्तिलाई हौसला दिन गृहमन्त्री सुधन गुरुङ घटनास्थल पुगेका छन्।
शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री सुधन गुरुङ त्यहाँ पुगेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए।
घटनास्थलमा चालक र सवारीको खोजीको लागि १० ड्रोन र तीनवटै सुरक्षा निकायका गोताखोर कर्मचारी पनि परिचालन भएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले खोज तथा उद्दारका काम गरिरहेको छ। दुर्घटनास्थल गहिरो खोँच, धमिलो पानी र नदी किनारका विशाल चट्टानले खोजी तथा उद्धारमा चुनौती थपेका समितिले जनाएको छ।




















