विभिन्न माग राख्दै बिहीबार देखि सत्याग्रहमा बसेका डा. गोविन्द केसी र सरकारबीच वार्ता सुरु भएको छ। आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा वार्ता सुरु भएको हो।
सरकारले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपि अग्रवालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। सो टोलीसँग औपचारिक छलफल भइरहेको केसीका सहयोगी डा. अमृत जैशीले जानकारी दिए।
केसीले आफ्ना मागबाटपछि नहट्ने स्पष्ट अडान राखेकाले वार्ता पनि त्यसै अनुसार अघि बढेको उनले बताए। वार्तामा सांसद पुकार बम पनि सहभागी छन्।




















