राष्ट्रियसभाका सांसद मोहम्मद खालिदले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता नै खारेज गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्। सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले उक्त जिकिर गरेका हुन्।
सांसद खालिदले संघीयता जनताले बलिदान गरेर ल्याएकाले त्यसलाई कसैले पनि कमजोर बनाउने दुश्साहस गर्न नहुने बताए। उनले संघीयताको पक्षमा उभिएर प्रधानमन्त्री वालेन्द्र शाहले मत मागेको र जनताले अभूतपूर्व मत दिएकाले त्यसको पक्षमा काम गर्नुपर्ने उल्लेख गरे।
'संघीयता कसैको दयामायामा आएको होइन। यो नेपाली जनताले एकात्मक शासनविरुद्ध लडेर, बलिदानी दिएर, जेल गएर, मुद्दा खेपेर संघीयता ल्याएको हो,' उनले भने।
सांसद खालिदले सरकारले संघीयताको पक्षमा दृढतापूर्वक काम गर्नुपर्ने बताए।




















