सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराइएको छ।

सोमबार अपराह्न उनलाई काठमाडौंस्थित विशेष अदालतमा उपस्थित गराइएको हो। 

प्रहरीका अनुसार अनुसन्धानलाई निरन्तरता दिन आवश्यक म्याद थपको अनुमति लिन अदालतमा पेस गरिएको हो। पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।

पक्राउपछि विशेष अदालतले असार ८ गतेदेखि लागू हुने गरी सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। यसअघि प्राप्त सात दिनको म्याद असार १४ गते सकिएकाले बाँकी अनुसन्धान पूरा गर्न प्रहरीले पुनः थप समय माग गरेको छ।