पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लगाउन नसक्नु आफूहरूभित्रैको कमोजरी रहेको बताएका छन्। 

जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा उनले मदन र जीवराजको हत्या षड्यन्त्रपूर्वक हत्या गरिएको बताए।

“उहाँहरूको हत्या अत्यन्त कायरतापूर्व हत्या गरेको अवगत नै छ। ती हत्यारा को हुन् ? कसले हत्या गरेका थिए ? त्यो पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ,” उनले भने। 

उनले मदनको हत्या कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने देशविदेशका प्रतिक्रियावादीको षड्यन्त्र भएको जिकिर गरे।