काठमाण्डौं बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलि आषाढ १० गते बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। सञ्चालनमा आएसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।

भाट–भटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार स्टोर भोलिदेखि ग्राहकलाई नियमित सेवा उपलब्ध गराइनेछ। ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता यथावत रहेको कम्पनीले जनाएको छ।

यस अवसरमा कम्पनीले सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ, सहयोग र विश्वासको अपेक्षा गरेको छ।