राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा चितवन जाने भएका छन्।
आइतबार बिहान पहिला उपसभापति पुष्पा भुसाललाई पठाउने तय गरेर सभापति थापाले फेसबुकमा रास्वपालाई पहिलो महाधिवेशनको शुभकामना दिएका थिए। तर, पछि शुभकामना दिन पनि नगएको भन्दै उनले फेसबुकमा राखेको पोस्टमा र बाहिर चर्को आलोचना भएपछि थापा जान लागेका हुन्।
कांग्रेसका एक पदाधिकारीले पहिला उपसभापति भुसाललाई पठाउने तय गरिएको तर, पछि धेरै प्रतिक्रिया आएपछि सभापति थापा आफैँ जाने कार्यक्रम बनेको जानकारी दिए।
रास्वपाको पहिलो महाधिवेशन आजबाट चितवनको भरतपुरमा सुरु हुँदैछ।




















