आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ। 

पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः०९ बजे सूर्योदय भएको छ भने साँझ ७ः०३ बजे सूर्यास्त हुनेछ। यसअनुसार आज दिनको अवधि करिब १३ घण्टा ४५ मिनेट रहनेछ।

आजपछि दिन क्रमशः छोटो र रात लामो हुँदै जानेछ।