विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्।  

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका हुन्।

बैठकमा नेकपा सांसद प्रमेश हमालले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्वयं प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । उनले सीमामा भइरहेको भारतीय हस्तक्षेपका बारेमा समेत सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे।

त्यस्तै कांग्रेस सांसद रेखाकुमारी यादवले सीमाका विषयमा मन्त्रीले नभई स्वयं प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरिन्।