राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन्। निर्वाचित भएका विष्टले ३५८ मत पाए भने उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत पाएका छन्।
कुल खसेको मतको ५१ प्रतिशत कटाउने उम्मेदवार विजयी हुने व्यवस्था अनुसार विष्ट पहिलो चरणबाटै निर्वाचित भएका हुन्।
सभापतिमा निर्वाचित विष्ट यसअघि पनि सभापति नै थिए। पराजित भएका धामी प्रतिनिधि सभा सदस्य हुन्। उनी कञ्चनपुर-१ बाट विजयी भएका हुन्।
सभापतिसहित १६ भूगोल र १५ खुला तथा समावेशी सदस्य चयन गर्न मतदान भएको थियो।
पहिलो चरणमै सभापति निर्वाचित भएकोले अब उपसभापति, महामन्त्री र सहमहामन्त्री (२) पदका लागि निर्वाचन हुनेछ। कार्य समिति सदस्य पदको निर्वाचन पनि दोस्रो चरणमा हुनेछ।




















