कोसी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८३र८४ का निम्ति आज ३९ अर्ब रुपैयाँबराबरको बजेट सार्वजनिक गर्दैछ। आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।
चालु आर्थिक वर्षमा ३६ अर्ब दुई करोडको तुलनामा आउँदो बजेट करिब चार अर्बले ठूलो हुनेछ। बजेटमा भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र सूचना प्रविधिलाई प्राथमिकता दिइएको छ।
साथै, शिक्षा र स्वास्थ्य शुल्क तथा विद्युत् भ्याटबाट प्रभावित निम्न, मध्यमवर्ग र सुकुम्वासीका निम्ति राहत कार्यक्रम ल्याउने तयारी गरिएको छ।
कोसी सरकारले चालु आवमा करिब ३२ अर्ब रुपैयाँ आम्दानी गरेको छ। खर्चदर झन्डै ७० प्रतिशतमा सीमित हुने अनुमान छ। वैशाख मसान्तसम्म प्रदेशको सञ्चित कोषमा १२ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ मौज्दात छ।




















