राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापति पदका लागि सात जनाको उम्मेदवारी परेको छ। बुधवार बिहानदेखि विराटनगरमा सुरु भएको पहिलो अधिवेशनमा सात जनाले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्।
सभापति पदका लागि सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पिताम्बर तिम्सिना, पारशमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेको उम्मेदवारी परेको छ।
सदस्यमा ७१ जनाले उम्मेदवार दिएको निर्वाचन समितिले जानकारी गराएको छ। कोशी प्रदेश समिति ६१ सदस्यीय हुने रास्वपाको पार्टी विधानमा व्यवस्था छ।


















