संघीय संसद्को अवरोध खुलाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विपक्षी दलहरूसँग छलफलमा जुटेका छन्। 

अहिले सिंहदरबारमा छलफल भइरहेको छ। संसद् अवरोधको गाँठो फुकाउने प्रयत्न भइरहेको जनाइएको छ। ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन।

छलफलमा कांग्रेस दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली माओवादीका नेता वर्षमान पुन, प्रमुख सचेतक वासना थापा, एमालेका प्रमुख सचेतक ऐन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी खुश्वु ओली छन्।

त्यस्तै, रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटी, सचेतक क्रान्तिशिखा धिताललगायत छन्।