बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रुवाहक बस दुर्घटनामा परेको छ।
सोमबार दिउँसो काठमाडौँबाट धनगढी आइरहेको खप्तड बडीमालिका यातायातको ना८ख १९४९ नम्बरको बस निकुञ्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर चालकसहित १८ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख प्रहरी निरीक्षक मिरा खड्काले चालकसहित १८ जना घाइते भएको पुष्टि गरिन्। उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ।
गम्भीर घाइते भएका दुवै जनालाई लालरत्न अस्पताल लम्कीले थप उपचारका लागि नेपालगञ्ज रेफर गरेको छ। १६ जनाको लालरत्नमै उपचार भइरहेको छ। बसमा के कति यात्रु सवार थिए भन्ने कुरा यकिन भएको छैन।




















