हालै जारी गरिएको अध्यादेश अनुसार कानुनी प्रावधान संशोधन भएसँगै संघीय संसद् सचिवालय अन्तर्गतको कर्मचारी युनियन अब कानुनी रूपमा अस्तित्वमा नरहेको जानकारी सार्वजनिक गरिएको छ।
संघीय संसद सचिवालयले जारी गरेको सूचना अनुसार “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, संवत् २०८३” मार्फत “संघीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४” को दफा ७३ मा रहेको व्यवस्था परिमार्जन गरिएको हो।
संशोधित कानुनी प्रावधानपछि उक्त ऐनअन्तर्गत स्थापना भएको कर्मचारी युनियनसम्बन्धी व्यवस्था हटाइएको जनाइएको छ। सोही कारण अब कर्मचारी युनियनको औपचारिक अस्तित्व नरहेको सचिवालयले स्पष्ट पारेको छ।
सचिवालयले मिति २०८३/०१/२४ मा भएको निर्णय अनुसार यो व्यवस्था कार्यान्वयनमा आएको जानकारी दिँदै सबै सरोकारवालालाई जानकारीका लागि सूचना प्रकाशित गरिएको जनाएको छ।





















